नेभिगेशन
अर्थतन्त्र

वैदेशिक रोजगारीमा ठगी गर्नेहरू पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर ठगी गर्नेहरू बढेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ । कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको जानकारी दिए ।

बुधबार मात्रै प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई ललितपुर बस्ने श्यामचन्द्र अधिकारी छन् । अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देश पठाउने भनी एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरी उनी पक्राउ परेका हुन् । यस्तै अन्य दुई जनालाई पनि वैदेशिक रोजगारी सम्बन्धी ठगीमा पक्राउ गरेको छ । नवलपरासी घर भई काठमाडौँ बस्ने दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर चार लाख ५० हजार ठगी गरेको र सर्लाही घर भई ललितपुर बस्ने चन्द्रभूषण प्रसादलाई तीन लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरेको छ ।

उनीहरू तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्