नेभिगेशन
कानून/द्वन्द्व

ठमेलबाट सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध रुपमा कल बाइपास गरिरहेको आरोपमा प्रहरीले मंगलबार ठमेलको एक होटलबाट ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२७ ज्याठामा आफ्नै नामबाट लीउ पान होटल वीथ रेष्टुरेन्ट सञ्चालन गर्ने सञ्चालकसहित अन्य ६ जना छन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय लीउ पान, ३१ वर्षीय गाओ झिकुन, ४१ वर्षीय लीउ जिआन्वेइ, दु शौङशेङ, ३८ वर्षीय पेङ कङ, ४९ वर्षीय चाइ जिझिन र ४२ वर्षीय झाङ हाओ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उक्त रेस्टुरेन्टमै उपकरण राखेर अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको सूचनापछि ब्युरोले छापा मारेको थियो । कल बाइपासको गैरकानुनी गतिविधि पत्ता लगाउन ब्युरोलाई नेपाल टेलिकम र एनसेलले प्राविधिक सहयोग गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए । पक्राउ परेकाहरू विरुद्ध दूरसञ्चार ऐनअन्तर्गतको कसुरमा कार्बाही गर्न थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्