नेभिगेशन
अर्थतन्त्र

नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ

काठमाडौं – नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रममा चौधरीले शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो ।

व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । चौधरी नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्