नेभिगेशन
अर्थतन्त्र

लुम्बिनी विकास बैंकको साधारणसभा

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिबेदन पारित गरेको छ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । जसमाथि उठेका प्रश्नहरूबाट अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन कारोबार गर्दै आएको लुम्बिनी विकास बैंकले देशभर ८९ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्