नेभिगेशन
अर्थतन्त्र

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ ल्याउने

काठमाडौं – अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरका १० लाख ९ हजार ५३१ कित्ता शेयर १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । त्यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनका लागि अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग हो । यो उद्योगले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्