नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफको लाभांश पारित

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभाले शेयरधनीलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ ।

कम्पनीको ३८ औं वार्षिक साधारणसभा बुधबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाइफलाई नेपालको प्रमुख बीमा कम्पनीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्