नेभिगेशन
प्रदेश

दुर्घटनामा आमाछोराका मृत्यु, ११ घाइते

झापा । कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा आमाछोरोको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विर्तामोडबाट माईधारतर्फ गइरहेको मे१च ४५१५ नम्बरको मालवाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना५ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी उनका १८ महिनाका छोरा आरुत राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बिर्तासिटी र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्