नेभिगेशन
प्रदेश

सनम शाक्यको हत्या आरोपी हेटौंडाबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सो अभियोगमा मकवानपुरको हेटौंडा–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्