नेभिगेशन
प्रदेश

टिप्परको ठक्करबाट एकको मृत्यु

धनुषा । जनकपुरधामका फरक दुई स्थानमा टिप्परको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् । जनकपुरधामस्थित शुभचोकमा टिप्परले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको हो । ज७प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना८ख ८२५७ नम्बरको टिप्परले ठक्कर दिएको थियो । त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिप्परको ठक्करबाट साइकलमा सवार मिथिला बिहारी नगरपालिका–७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छिन् । उनलाई प्र.२–००३१क ०७७५ नम्बरको टिप्परको ठक्कर दिएको थियो । घाइते नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु२ख १०९८ नम्बरको बस र रिहारदेखि लमहीतर्फ आउँदै गरेको लु३९प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्