नेभिगेशन
प्रदेश

ट्रक पल्टिँदा पाँच जनाको मृत्यु

सुनसरी । मार्बल बोकेर राजविराज जाँदै गरेको को१ख४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जना रहेका छन् । प्रहरीका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडि पाँच जना सवार थिए । पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । चालक भने फरार रहेका जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्