नेभिगेशन
राजनीति

थानीले लिए राजनीतिक विश्राम

काठमाडौं – कांग्रेसका नेता हृदयराम थानीले राजनीतिक विश्राम लिने भएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन् । बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत उनले स्वास्थ्य कारण तथा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै आफू निर्वाचनमा नउठ्ने निर्णयमा पुगेको स्पष्ट पारेका हुन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भइसकेका नेता थानीले विज्ञप्तिमा उल्लेख गरेअनुसार उनी करिब दुई महिनादेखि खुट्टामा नशासम्बन्धी समस्याबाट पीडित छन् । यसका कारण सहज रूपमा हिँडडुल गर्न नसकेको र सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गर्न असमर्थ भएकाले उम्मेदवारी नदिने निष्कर्षमा पुगेको उनले बताएका छन् । ‘स्वास्थ्य मेरो प्राथमिकता हो । यो अवस्थामा जिम्मेवारीपूर्वक निर्वाचनमा होमिन सक्दिन,’ विज्ञप्तिमा उनले भनेका छन् ।

त्यसैगरी उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुक अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलको अवस्थाबाट गुज्रिरहेको पनि औंल्याएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्