नेभिगेशन
प्रदेश

टिचिङमा बीमा बन्द, सेवाग्राही मारमा

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा दैनिक कामकाज चलाउनै गाह्रो हुन थालेपछि अस्पतालले अबउप्रान्त बीमा कार्यक्रम बन्द गरिएको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बीमाबापत अस्पतालले ४० करोड पाउन बाँकी रहेको जनाउँदै आजदेखि बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए ।

‘हामीले स्वास्थ्य बीमामार्फत महिनामा दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौं,’ रोस्याराले भने, ‘बीमा बोर्डबाट बीमितको उपचार गरेबापतको रकम समयमै उपलब्ध हुन नसक्दा अस्पताल सञ्चालनमा समस्या आयो । आन्तरिक स्रोतले सबै खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा भएकाले बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ छौं ।’ उनले बीमाबापतको रकम भुक्तानीका लागि दुई वर्ष ताकेता गर्दा पनि सुनवाइ नभएको गुनासो गरे । अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्