नेभिगेशन
प्रदेश

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा निर्माण गर्ने सगुन कन्स्ट्रक्सन सम्मानित

धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा चितवनको भरतपुरमा भने एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेकाले सम्मानित भएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा नै सम्पन्न गरेर सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्का सम्मानित भएका हुन् । 

भरतपुर महानगरपालिकाले शुक्रवार खड्कालाई सम्मान गरेको हो । प्रशासनिक भवन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट निर्माण व्यवसायी खड्का सम्मानित भएका हुन् । 

सगुन कन्स्ट्रक्सनले चितवन क्षेत्रमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवन, नारायणगढ–गोन्द्राङ ६ लेन सडक, दिव्यनगर खानेपानी, शारदानगर खानेपानी, भरतपुरको रिङ्गरोडको केही खण्ड, नारायणी तटबन्धनको केही खण्ड, भरतपुर सिटी हल, भण्डारा खानेपानी जस्ता योजनाको ठेक्का सम्झौता गरेको छ । यी मध्ये कतिपय काम सम्पन्न भईसकेका छन् भने केही निर्माणकै चरणमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्