नेभिगेशन
प्रदेश

युवालाई रोजगार र उद्यमशीलता आवश्यक

काठमाडौं । जेनजी आन्दोलनपछि विभिन्न क्षेत्रका युवा प्रतिनिधिहरूले सरकारले रोजगारी र उद्यमशीलताको विकास गर्ने अपेक्षा रोखका छन् । जोरपाटीस्थित चामुण्डा माध्यामिक विद्यालयमा चिन्तन चौतारीद्वारा आयोजित कार्यक्रममा नवयुवाहरूले आजको आधुनिक सूचना प्रविधिको प्रयोग र उद्यमशीलताको विकासमा जोड दिएका हुन् ।

जेनजी पुस्ताका प्रतिनिधिहरूले हरेक क्षेत्रमा एआईको प्रयोग, साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रयोग बढिरहेको सन्दर्भमा आम जनतामा यसको चेतना हुन आवश्यक भएको बताए । विभिन्न पेशा व्यवसाय तथा उद्यमशीलतामा आबद्ध नयाँ पुस्ताका प्रतिनिधिहरूका रुपमा अन्तरक्रियामा सहभागी प्राची अर्याल, दीक्षा श्रेष्ठ, डा. प्रिया बराल, नृपेश ढुंगाना, साइस्मा घिमिरेले नवयुवाहरूलाई देशभित्रै काम गर्ने वातावरणको माग गरेका छन् । उनीहरूले सरकार र निजी क्षेत्रले नागरिकलाई नयाँ प्रविधिअनुरूप सेवा दिनुपर्ने बताए । त्यसैगरी नवयुवा प्रतिनिधि शालीन मोहन गिरीले समाजका युवासँग जोडिएका प्रश्नहरू उठाउँदै शिक्षालाई सिप र प्रविधिमा जोड्न माग गरे ।

जेनजी प्रतिनिधिहरू अग्रिमा सुवेदी र प्रभव चालिसेले युवाको भावना र मागलाई बुझ्न आवश्यक भएको बताए । जेनजीहरूको विचार विमर्श कार्यक्रममा जोरपाटी क्षेत्रबाट राज्यको महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका मुख्य सचिव सुमन अर्याल, त्रिवि शिक्षण अस्पतालका उपकार्यकारी निर्देशक डा. पवन चालिसे, त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीलाई चामुण्डा माध्यामिक विद्यालयले सम्मान गरेको थियो । विद्यालयका तर्पmबाट व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह भण्डारी, प्राचार्य गुणराम आचार्यले सम्मान गदै सामुदायिक विद्यालयले समुदायमा निर्वाह गरेको भूमिकामा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने बताए । चिन्तन चौतारी कार्यक्रमको तर्फवाट डा. सुवास प्याकुरेलले समयको माग र अवस्थाअनुसार नयाँ पुस्ताको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । शिक्षक डा. दिवाकरप्रसाद भण्डारीले नवयुवाहरूको ज्ञान र प्रविधिमा प्रयोग गर्न सकेमा उद्यमशीलताको विकास हुने बताए । कार्यक्रममा शिक्षक तथा समाजसेवी उद्धव रायमाझीले जोरपाटी क्षेत्रमा स्थानीय वासीहरूले स्थानीय क्षेत्रदेखि राष्ट्रिय जीवनमा पुर्‍याएको भूमिकाको चर्चा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्