नेभिगेशन
अर्थतन्त्र

टिभिएस अपाचे रसिङ एक्सपेरियन्स विश्वको शिखरतर्फ

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माणमा अग्रणी कम्पनी टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस अपाचे रेसिङ एक्सपेरियन्स आरम्भ भएको घोषणा गरेको छ । यो अवसर टिभिएस अपाचे सिरिजको २० वर्ष पूरा भएको ऐतिहासिक उत्सवसँगै एक महत्वपूर्ण उपलब्धिको रूपमा मनाइएको हो ।

पहिलो छनोट चरणमा काठमाडौंको सतुंगलस्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा ६० जना सहभागी र २ सयजना दर्शकको उपस्थिति थियो । टिभिएस अपाचे रेसिङ एक्सपेरियन्सले सुरक्षित वातावरणमा पेसागत रेसिङको अनुभव गर्दै प्रशिक्षण लिन, प्रतिस्पर्धा गर्न र रेसिङको रमाइलो लिन अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको दाबी छ । सहभागीहरूलाई टिभिएस रेसिङ च्याम्पियनहरूले मार्गदर्शन तथा प्रशिक्षण दिएका थिए ।

नेपालमा १० वटा चुनौतीपूर्ण मोड भएको पेसागत रूपमा डिजाइन गरिएको ट्रयाकमा ६० भन्दा बढी राइडरले प्रतिस्पर्धा गरेका थिए । उनीहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमको आधारमा मूल्यांकन गरिएको हो ।

च्याम्पियनसिपमा १६० सिसी र २ सय सिसी गरी दुई वर्ग समावेश गरिएको थियो, जसले विभिन्न सेग्मेन्टका सहभागीलाई रेसिङ सीप प्रदर्शन गर्ने समान अवसर प्रदान गरेको छ ।

प्रत्येक वर्गका शीर्ष तीन विजेताहरूलाई २५ हजार नगद पुरस्कारसहित विशेष टिभिएस मोटर राइडिङ गियर प्रदान गरिएको छ । विजेताहरूले भारतको चेन्नईस्थित प्रतिष्ठित मद्रास इन्टरनेसनल सर्किटमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् । छनोट चरणका विजेताहरू २०२६ अप्रिलमा चेन्नईमा आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन् । सन् २००७ मा सुरु गरिएको टिभिएस रेसिङ च्याम्पियनसिप टिभिएस अपाचे राइडरहरूका लागि रमाइलो, सिकाइ र प्रतिस्पर्धालाई एकसाथ ल्याउने महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएको छ । सन् २०२५ मा यो च्याम्पियनसिप अन्तर्राष्ट्रिय रूपमा विस्तार भई नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरमा सञ्चालन भएको थियो, जसले विश्वभर १ हजारभन्दा बढी अपाचे राइडरहरूलाई समेटेको थियो । टिभिएस मोटर कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले टिभिएस अपाचेको २० वर्ष पूरा भएको अवसरमा टिभिएस रेसिङको अन्तर्राष्ट्रिय विस्तार उत्साहजनक रहेको बताए । त्यस्तै सिनियर भाइस प्रेसिडेन्ट आर बाबुले यो रेसिङ प्लेटफर्ममार्फत राइडरहरूलाई पेसागत स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राखेको स्पष्ट पारे ।

त्यसैगरी जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले मोटर्स स्पोट्र्सले सधैं युवा पुस्तालाई प्रेरित गर्दै आएको धारणा राखे । ‘हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न, विकास गर्न र देशको प्रतिनिधित्व गर्न अवसर सिर्जना गर्न टिभिएस मोटर कम्पनीसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्