नेभिगेशन
राजनीति

कांग्रेस विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मंगलबार सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यो सँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई अघि बढ्न सहज भएको छ । शेरबहादुर देउवापक्षले विशेष महाधिवेशन अवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो ।

अन्तरिम आदेश दिने/नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् । थापाकै हस्ताक्षर भएको टिकट लिएर उनलाई अवैध भनेर अदालत पुगेका नेताहरूले मंगलबार उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्