नेभिगेशन
प्रदेश

हतियार बुझाउन अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । काठमाडौंका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहनेगरी यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको बताए । निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् उक्त हातहतियार लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौं प्रशासनले जनाएको छ । यसैबीच गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार संकलनका लागि निर्देशन दिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्