नेभिगेशन
प्रदेश

हत्या गरी फरार भएका रमेश पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया विकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रमेशलाई आज मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जनाए । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्