नेभिगेशन
नेपाल

एसईई चैत १९–२९

काठमाडौं । चालु वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले चैत १९–२९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षाको मिति तोकेर तालिका सार्वजनिक गरेको हो । 

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन अनिवार्य नेपालीको हुनेछ । चैत २२ मा अनिवार्य गणित, २३ मा विज्ञान, २४ मा सामाजिक, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषयका परीक्षाको तालिका छ । चैत २७, २८ र २९ गते भने प्राविधिक धारका विषयको परीक्षा हुनेछ । यसपटक एसइई पोहोरभन्दा केही ढिला हुने भएको हो । गत वर्षको परीक्षा चैत ७ देखि सुरु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्