नेभिगेशन
राजनीति

संसद् भवनमा सहिदको सालिक राखिने

काठमाडौं । संघीय संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राखिने भएको छ । यसका लागि सरकारले अघि बढाएको योजनामा भएको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार जानकारी लिएकी छन् ।

सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर निर्माणाधीन संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरिएको हो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा. मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुंगााना लगायत सहभागी थिए ।

सहरी विकास सचिव सिग्देलले सालिक राख्नका लागि पहिचान गरिएका ठाउँ र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गरे । प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद् भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्