नेभिगेशन
प्रदेश

सरसफाइ र स्वच्छताका क्षेत्रका पेसाकर्मीलाई २० लाखको पुरस्कार

काठमाडौं । पेसा व्यवसायका माध्यमले देश र समाजलाई उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड आह्वान गरिएको छ । रोटरी डिस्ट्रिक ३२९२ ले प्रदान गर्ने २० लाख रुपैयाँ राशिको सो पुरस्कार यस वर्ष पानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा प्रदान गरिने भएको छ । सन् २०१० देखि प्रत्येक दुई वर्षमा १० रुपैयाँ राशिसहित प्रदान गरिँदै आएको यो पुरस्कार सन् २०२४ देखि प्रत्येक वर्ष २० लाख रुपैयाँ राशिसहित प्रदान गर्न थालिएको पुरस्कार समितिका अध्यक्ष राजेन्द्रमान शेरचनले बताए । पुरस्कारका लागि रोटरी डिस्ट्रिक कार्यालय थापाथली र देशभर रहेका १६३ क्लबबाट तथा अनलाइनबाट यही माघ २२ गतेसम्म आवेदन बुझाउन सकिनेछ । पुरस्कार आगामी फागुन ६ देखि ९ गतेसम्म पोखरामा आयोजना गरिने ‘डिस्ट्रिक कन्फरेन्स’मा प्रदान गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्