नेभिगेशन
प्रदेश

वृद्ध दम्पतीको हत्या

पसलमा लुटपाट

ओखलढुंगा । यहाँको चिशंखुगढी–६ बोहोरे टोलमा वृद्ध दम्पतीको हत्या भएको छ । ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी ८० वर्षीय चन्द्रमाया राईको सोमबार राति हत्या भएको हो ।

पसल सञ्चालन गर्दै आएका वृद्ध दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा श्रीमतीको शव भेटिएको हो । डीएसपी मदन केसीले घटनास्थल सुरक्षित गरेर अनसन्धान थालिएको बताए । उक्त वडामा एक महिना नबित्दै यो दोस्रो वीभत्स घटना हो । 

गत पुस १५ मा भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो । त्योभन्दा अघि असोज २६ मा सिद्धिचरण–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवालको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ । फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्