नेभिगेशन
खेलकुद

भारत जाने वादोरियो कराते खेलाडीको विदाई

नेपाल वाडोरियो कराते डो संघको टोली भारतको भिषाका पटनाममा आयोजना हुने ‘नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२६ मा सहभागी हुने भएको छ । नेपाली खेलाडीको टोली जनवरी ३० देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछ । खेलाडीहरु नेपाल वादोरियो कराते डो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरिशरण केसीको नेत्तृत्वमा बिहिवार भारतर्फ जाँदैछन् । 

अध्यक्ष केसीको नेत्तृत्वमा जाने टोलीलाई बुधवार दशरथ रंगशालास्थित कवड हलमा विदाई गरिएको छ । विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचन्द्र मेहता, नेपाल कराते महासंघका पदाधिकारी तथा नेपाल वाडोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी एवं प्रशिक्षकहरू सहभागि थिए । 

भारत जाने खेलाडी र अफिसियल 
भारत जाने टोलीमा सागर काफ्ले अफिसियल रहेका छन् । प्रतिष्पर्धामा भाग लिने खेलाडी र तौल समूह ः 
१. राज बुढाथोकी (६५ के.जी.)
२. दिव्य पहरी (६० के.जी.)
३. श्वेत तारा गुरुङ (४५ के.जी.)
४. बिशन थापा मगर (५५ के.जी.)
५. रिजन बुढा मगर (४५ के.जी.)
६. शिशिर थापा (३० के.जी.) 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्