नेभिगेशन
खेलकुद

भारत जाँदै वाडोरियो कराते खेलाडी

नेपाल वाडोरियो कराते डो संघको टोली भारतको विशाखापट्टनममा आयोजना हुने ‘नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२६ मा सहभागी हुने भएको छ । नेपाली खेलाडीको टोली जनवरी ३० देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । खेलाडीहरू नेपाल वादोरियो कराते डो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरिशरण केसीको नेत्तृत्वमा बिहिवार भारतर्फ जाँदैछन् ।  

अध्यक्ष केसीको नेत्तृत्वमा जाने टोलीलाई बुधवार दशरथ रंगशालास्थित कवड हलमा बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचन्द्र मेहता, नेपाल कराते महासंघका पदाधिकारी तथा नेपाल वाडोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी एवं प्रशिक्षकहरू सहभागी थिए ।              

भारत जाने टोलीमा सागर काफ्ले अफिसियल रहेका छन् । टोलीमा, राज बुढाथोकी (६५ के.जी.), दिव्य पहरी (६० के.जी.), श्वेत तारा गुरुङ (४५ के.जी.), बिशन थापा मगर (५५ के.जी.), रिजन बुढा मगर (४५ के.जी.) र शिशिर थापा (३० के.जी.) रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्