नेभिगेशन
खेलकुद

शनिबारदेखि साफ यु–१९ महिला च्याम्पियनसिप

पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ( साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।                

साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । सहभागी देशका खेलाडी आज साँझसम्म पोखरा आइपुग्ने उनको भनाइ थियो ।              

‘साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौँ बाहिर सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलगायत यहाँ आइपुग्नुहुन्छ,’ महासचिव कट्टेलले भने । सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।              

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । यसम प्रत्येक टोलीले अन्य टोलीसँग एक– एक खेल खेल्नेछ । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्