नेभिगेशन
खेलकुद

राष्ट्रिय लिगमा एनआरटी विजयी

राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम(एनआरटी) विजयी भएको छ ।          

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।            

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक/एक गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्‍यो । एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो ।              

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अङ्क बनाएको छ । एनआरटी, नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीको समान १२ अङ्क भएको छ । सङ्कटाको पाँच अङ्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्