नेभिगेशन
मनोरञ्जन

डिशहोम गोमा दुई फिल्म

नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम गो एपले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ प्रस्तुत गरेको छ । दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र रु. २२५ र नेपाल बाहिर २ अमेरिकी डलर तिरेर डिशहोम गो एपमार्फत हेर्न सक्नेछन् ।          

‘जय हो’ एउटा सशक्त एक्सन– ड्रामा चलचित्र हो । यसको निर्देशन टेक पौरखी राईले गरेका हुन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ । निर्माता राज के. अधिकारी र सुरज सरकार हुन् । सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने दृढ पात्रको कथा प्रस्तुत गर्ने ‘जय हो’ले व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिन्छ ।              

त्यसैगरी, ‘लाखे’ नेपाली लोककथा र नाटकको संयोजनमा आधारित चलचित्र हो, जसको निर्देशन सम्राट बस्नेतले गरेका छन् । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जीएम ठकुरी र डीपी भण्डारी हुन् । परम्परागत विश्वास, समुदाय र लाखे पात्रमार्फत आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको अनुभव दिन्छ ।            

डिशहोम गो एउटा आधुनिक डिजिटल प्लेटफर्म हो । यो प्लेटफर्ममा दर्शकहरूले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री सहजै हेर्न सकिने डिसहोमले जनाएको छ । जहाँसुकै, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गो एप भरपर्दो रहेको डिसहोमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्