नेभिगेशन
नेपाल

चलचित्र पत्रकार सिटौलाको निधन

चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उनको धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार निधन भएको हो ।          

अस्पतालले पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम पुगेका सिटौलालाई बेहोस भएपछि उपचारका लागि शुक्रबार हवाई उद्दार गरी उक्त अस्पतालमा भर्ना गरिएको थियो ।          

पत्रकार सिटौलालाई श्रद्धाञ्जली व्यक्त गर्न चलचित्र विकास बोर्डमा राखिएको थियो भने आइतबार साँझ नै उनको अन्त्येष्टि गरिएको चलचित्र पत्रकार सङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल