नेभिगेशन
खेलकुद

कोलम्बो जाँदै सेपाकताक्रो टोली

श्रीलंकाको कोलम्बोमा हुने छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनशिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज विदाइ गरिएको हो ।        

नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजंग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् । महिलामा सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष/महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् का सदस्यसचिव रामचरित्र मेहताले आइतबार आयोजित एक कार्यक्रममा बिदाइ गरे । टोली बुधबार श्रीलंका जाने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्