नेभिगेशन
खेलकुद

साफ महिला च्याम्पियनशिपमा बंगलादेशसँग भारत पराजित

पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बंगलादेशले २–० गोलले पराजित गरेको छ ।                

बंगलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९औं मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाएकी थिइन् ।                  

यसैगरी खेलको ४०औं मिनेटमा अल्पी अक्तरले बंगलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन ।                

दुई खेलमा जित हासिल गरेपछि बंगलादेश जारी प्रतियोगिताको अंक तलिकामा शीर्ष स्थानमा रहेको छ । बंगलादेशले ६ अंक जोड् दा समान खेल खेलको भारत तीन अंकसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ । यी दुबै टोलीले पहिलो खेलमा पराजित भएका थिए ।                

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद