नेभिगेशन
प्रदेश

सानोठिमी सुधारगृह नै सुधार हुँदै

भक्तपुर । सानोठिमीस्थित बाल सुधारगृहमा अब बालिकामात्रै राखिने भएको छ । यहाँका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा सारिएको छ ।

बालगृहमा क्षमताभन्दा बढी १६९ जना थिए । गत माघ ८ मा भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए । पुनः सुधारगृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सुधारगृहमा २४ जना बालिका पनि थिए । १८ वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई ३५ वर्षसम्मका युवाहरूलाई समेत राखिँदै आएको थियो । यसरी राख्दा सुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा समस्या हुँदै आएको थियो । सुधारगृहको भवन मर्मत गरेर बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी प्रजिअ ढकालले दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्