site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने, सुरक्षा सल्लाहकारले भने– हामी एक कदम पछि हटेका छौँ  

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द गरेको बताएका छन् । 

गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेको जिज्ञासामा उनले पत्रकारहरूलाई भने, “हामी एक कदम पछि हटेका छौँ ।” 

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई  गुप्तचर जानकारी दिँदै आएका थियो । 

उनले ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको बताए ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक घोषणा गरेकबा छन् । उनले टेलिभिजनमा सम्बोधन गर्दै फ्रान्स अमेरिकी सहयोगबिना अगाडि बढ्न तयार हुनुपर्ने बताएका छन् । 

रुस र युक्रेनबीच विगत तीन वर्षदेखि युद्ध चलिरहेको छ । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्