site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक  बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुँदै छ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ । विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 

आजकै बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सातवटा मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ । 

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध गर्दै आएका छन् । सदनको अवरोध हटाउने प्रयास भए पनि हालसम्म यसमा सभामुख तथा दलहरू सफल भएका छैनन् । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०५:५१
प्रतिक्रिया दिनुहोस्