site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिन भन्छन्– इरानले रूससँग सहयोग मागेको छैन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र इरानबीचको द्वन्द्वबारे बोल्दै इरानले रूससँग सहयोग नमागेको बताएका छन् ।

रुसको सेन्ट पिटर्सबर्गमा सम्पादकहरूसँग आयोजना गरिएको गोलमेच बैठकको छलफलमा पुटिन भने, “हामी कसैलाई गल्तीका लागि दोष दिँदैनौँ, हामी केवल यो परिस्थितिबाट निस्कने सम्भावित मार्गहरू कसरी पहिल्याउने भन्ने कुरा गरिरहेका छौं ।”

समाचार संस्था एसोसिएटेड प्रेसको अनुसार, पुटिनले यो निर्णय सम्बन्धित देशहरूको राजनीतिक नेतृत्व, विशेष गरी इरायल र इरानको हातमा छोडिनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

समाचारसंस्था एएफपीले इरानले रूससँग सहयोग मागेको छ भन्ने प्रश्नमा पुटिनले भने, “हाम्रा इरानी साथीहरूले हामीलाई यसबारे कहिल्यै सोधेका छैनन् ।” बीबीसी
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्