site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीको तर्फबाट प्रदेशसभा सदस्य रहेकी अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएकी हुन् । 

नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्