site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘भगवान्’ शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान्’ शिव चाम्लिङ हुन सक्ने बताएका छन् । सोमबार (असार २३) काठमाडौंमा नेकपा (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

शिवले खेलेका ओडारहरूलाई हाल हलेसी भन्ने गरिएको उनले उल्लेख गरे । हलेसी चाम्लिङको थलो हो । त्यसैले भगवान् शिव पनि चाम्लिङ हुन सक्ने उनले अनुमान गरे । आफूले दाबी भने नगरेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएका बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
वेदव्यास यहीँ तनहुँका थिए । कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए । सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए कि के हो जस्तो लाग्छ कहिलेकाहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो । शिवजी चाम्लिङ पनि हुन सक्छन् । म दाबी गर्दिनँ त्यसमा । मेरो कुनै दाबी होइन, तर अनुमान हो । अथवा, अरू पनि हुनसक्छ । माइग्रेट अरू चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर, भेग त्यही हो । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्