site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर नौ जनाको हत्या

काठमाडौं । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ जनाको हत्या गरेका छन् । पन्जाबका नौ यात्रुलाई बसबाट ओरालेर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यात्रुहरू बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गिए । बन्दुकधारीले दुईवटा यात्रु बसबाट मानिसलाई ओरालेका थिए ।

बीबीसी उर्दूका अनुसार, झोबका सहायक प्रहरी आयुक्त नवीद आलमले नौ यात्रुको मृत्युको पुष्टि गरेका छन् । उनले मृतकका शवलाई पन्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन् ।

यात्रीलाई बसबाट ओरालेर हत्या गर्ने घटना बिहीबार साँझ त्यस क्षेत्रमा भएको थियो । सरकारी अधिकारीहरूका अनुसार, अज्ञात बन्दुकधारीहरूले उक्त ठाउँमा नाकाबन्दी गरेका थिए ।

यसैबीच बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले एक विज्ञप्तिमा भने, “आतंकवादीहरूले कालात, मस्तुंग र झोबमा आक्रमण गरेका छन् । सुरक्षा बलहरूले तीनै स्थानमा तत्काल कारबाही गरेका छन् । हामी जनताको सुरक्षाका लागि पूर्णरूपमा सतर्क छौँ ।”

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्