site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– हतियार किन्ने प्रक्रिया कसको इसारामा अघि बढाइयो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायका निम्ति हतियार किन्न कसको इसारामा प्रक्रिया अघि बढाइएको ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले नै सडक आन्दोलन गरेर विगतमा हतियार किन्ने प्रक्रिया रोकिएको बताए ।

“विगतमा स्वयम् प्रधानमन्त्रीजीकै पार्टीले सडकमा आन्दोलन गरेर रोकाएको सुरक्षा निकायको हतियार किन्ने प्रक्रिया अहिले आएर कसको इसारामा, कसको स्वार्थमा अघि बढाइएको हो ? म प्रधानमन्त्रीको जवाफ चाहन्छु,” उनले भने ।
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्