site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री गुप्तालाई बर्खास्त गर्न एमाले सांसदकै माग
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउन माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी प्रश्न गरे ।

“सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो,” उनले भने, “गुप्ताजीलाई बर्खास्त गरियोस् र निष्पक्ष छानिबन होस् ।”
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्