site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भने– पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्छौँ (पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्ने अठोट रहेको बताएका छन् ।

सोमबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले विगतमा आफूहरूले इतिहास बनाएको जिकिर गरे । “हामीले इतिहास बनाएर आएका हौँ । भविष्यको खाका कोर्ने हिम्मत र साहस अझै बाँकी छ,” उनले भने ।

विगतमा अरू दलसित गठनबन्धन गरेर सरकार बनाउँदा आफूहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक बनाउन सफल भएको उनले उल्लेख गरे । “पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देश रूपान्तरण गर्न सक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ,” प्रचण्डले भने । 

सोही अठोटका साथ आत्मालोचना गर्न थालिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्