site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई गगनको आग्रह– तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्री गुप्तामा नदेखिएको भन्दै तत्काल बर्खास्त गरी निष्पक्ष छानबिनको बाटो सहज बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

महामन्त्री थापाले भने, ‘‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला भन्ने लागेको थिएन, तर अहिले टिप्पणी गर्नुपर्ने अवस्था आयो ।’’

कार्यक्रमकै माध्यमबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले थपे, ‘‘तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानबिन सहज बनाउनुहोस् । बर्खास्त गरेरमात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दुधको दुध र पानीको पानी हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ । यसमा संलग्न अरू कोको छन्, छन् भने त्यो सार्वजनिक हुनुपर्छ । दोषी देखिए भने कारबाही गर्नुपर्छ ।’’

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्