site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् । 

उनी कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रियसभामा गण्डकी प्रदेशबाट ०७६ माघमा निर्वाचित भएकी थिइन् । त्यतिबेला स्थानीय तहमा पराजित उमेदवारलाई राष्ट्रियसभा सदस्य बनाएपछि आलोचनासमेत भएको थियो ।

राष्ट्रियसभामा उनको छ वर्षे कार्यकाल आउँदो फागुनमा सकिँदै छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्