site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभापति खतिवडाकै बयान लिँदैछ छानबिन समिति

काठमाडौं । निजामती विधेयकमा भएको फेरबदलका सम्बन्धमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सभापति रामहरि खतिवडासँगै छानबिन समितिले बयान लिन थालेको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा छानबिन समितिले सोधपुछ गरिरहेको छ । कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।  सात सदस्यीय समितिले अहिले सभापति खतिवडाको बयान लिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयको छलफलपछि राजीनामा दिएका वा अवकाशपछि दुई वर्षसम्म कुनै निकायमा नियुक्ति हुन नमिल्ने गरी बनाएको मस्यौदामा ‘सरकारले नियुक्ति गरेको बाहेक’ भन्ने शब्दलगायत थप भएपछि सोही नै प्रतिनिधिसभाले पारित गरेको थियो ।

प्रतिनिधिसभाले पारित गरेपछि समितिको प्रतिवेदनमा यो कुरा कसरी घुस्यो भनी विवाद भएको थियो । सोही विषयमा छानबिनका लागि परियारको नेतृत्वमा समिति बनेको हो ।
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्