काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले पाकिस्तानमा इरानका राजदूत रजा अमिरी मुकद्दमसहित तीन इरानीलाई मोस्ट वान्टेड सूचीमा समावेश गरेको छ ।
एफबीआईले जारी गरेको वक्तव्यमा पाकिस्तानमा कार्यरत इरानका राजदूत रजा अमिरी मुकद्दम र अन्य दुई इरानी व्यक्तिहरू तकी दानिश्वर र गुलाम हुसैन मोहम्मदनिया मार्च २००७ मा अवकाशप्राप्त अमेरिकी विशेष एजेन्ट रोबर्ट ए. ‘बब’ लेभिन्सनको अपहरणमा उनीहरूलाई संलग्न भएको आरोप लगाइएको छ ।
एफबीआईको वक्तव्यमा अवकाशप्राप्त विशेष एजेन्ट बब ९ मार्च २००७ मा इरानको ‘किश’बाट बेपत्ता भएको समाचारमा उल्लेख छ ।
इरानको तर्फबाट यस मामिलामा हालसम्म कुनै प्रतिक्रिया आएको छैन । बीबीसी उर्दूले यो सन्दर्भमा टिप्पणीका लागि पाकिस्तानस्थित इरानी दूतावासमा सम्पर्क गर्दा उनीहरूले कुनै जवाफ दिएनन् । बीबीसी