site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षकका अधिकांश माग पूरा भए, अब थप अडान नराखौँ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका अधिकांश माग पूरा भएकाले अब थप अडान राख्न नहुने बताएकी छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग सांसद श्रेष्ठले शिक्षकहरूसँग भएका सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भइसकेकाले अब फेरि थप माग राखेर अडान लिन नहुने बताइन् ।

उनले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न शिक्षकहरूलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकको अनुहार देखाएर अन्य समूहहरूले समेत विधेयकमाथि खेल्न थालेको पनि बताइन् ।

शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै उनले यसमा राजनीतिक दलहरूसमेत गम्भीर हुनुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्