site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
कानुन, न्याय तथा मानव अधिकार समितिको फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । 

कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०५:५३
प्रतिक्रिया दिनुहोस्