site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांकले भने– पूर्वपश्चिम राजमार्गको कल्पना बीपीको हो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्वपश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले गरेका बताएका छन् । मंगलबार (साउन ६) काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित एक कार्यक्रममा उनले उस्तो बताएका हुन् ।

तत्कालीन राजा महेन्द्र शाहले राजमार्गको निर्माण गराए पनि कल्पना बीपीको रहेको उनले उल्लेख गरे । “पूर्वपश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो,” उनले भने, “हुनत महेन्द्र सरकारले गर्नुभयो, तर कल्पना बीपी कोइरालाको थियो ।”

देशमा जनताको सेवाका निम्ति सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको उनले बताए । बीपीले जति काम अरू कसैले गर्न नसकेको उनको भनाइ थियो ।

“अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस भयो । बीपी सम्झिँदा आँसु आउँछ,” उनले भने, “उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ, कसैले पनि त्यति गरेको छैन । १२–१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्