site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
२४ घण्टाभित्र नाउपाको केन्द्रीय समिति बैठक बोलाउन बहुमत सदस्यको माग
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष रञ्जीता श्रेष्ठलाई २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । नाउपाको पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थितिमा काठमाडौंमा बैठक बसी २१ मध्ये १२ केन्द्रीय सदस्यले शुक्रबार संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् ।

पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन पटक पटक आग्रह गरे पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ । बैठक नबोलाए ११ गते २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने उनीहरूको भनाइ छ ।

"आजको मितिले २४ घण्टाभित्र समय स्थान तोकी केन्द्रीय समितिको बैठक बोलाउनु भएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा ११ गतेका दिन २ बजे काठमाडौंमा केन्द्रीय समितिको बैठक बसी थप निर्णय गर्ने’ बहुमत सदस्यहरूले शुक्रबार गरेको निर्णयमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्