site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीमा ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गरिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गर्ने भएको छ । मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन हुने भएको हो ।

सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिए । 

उनले भने, "सरकारले गर्ने हरेक कामलाई नजिकबा अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दामाथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौँ ।"

मुख्यमन्त्री आचार्यले भने, "सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।"

मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान निर्देशन दिए ।

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्