राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको चुनावको मतदान सकेर गणना सुरु भएको छ । मतपत्रमा सदर र बदरसम्बन्धी मापदण्डमा केही बेर विवादपछि सहमति जुटाएर मतगणना सुरु भएको हो ।
मतपत्रमा मसी लतपतिएकोसहितका विषयमा बहादुरसिंह लामा पक्षले प्रश्न उठाएपछि केहीबेर विवाद भएको थियो । लामाका पक्षबाट तीर्थ लामा र इन्द्र बानियाँका पक्षबाट छिरिङ दोर्जे लामाबीच विवाद भएको थियो ।
संसदीय दलका सचिव कृष्ण तामाङको मध्यस्थतामा कुरा मिलेपछि मतपेटिका खोलिएको छ । केहीबेरमै मतगणना सकेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्